हुम्ला । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा हिमाली जिल्ला हुम्लामा फेरि राजनीतिक सरगर्मी बढ्न थालेको छ। उम्मेदवारहरू गाउँ–गाउँ पुगेर मत मागिरहेका छन्, तर मतदाता भने अझै कसैप्रति खुलेर उत्साहित देखिएका छैनन्।
एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा यसपटक पनि परम्परागत दलहरूबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र० का उम्मेदवारहरू चुनावी मैदानमा सक्रिय छन् भने आफूलाई नयाँ वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले पनि घरदैलो अभियान तीव्र बनाएको छ।
नयाँ र पुराना सबैलाई मौका दिएको इतिहास
हुम्ला नेपालकै त्यस्ता जिल्लामध्ये पर्छ, जहाँ मतदाताले पटक–पटक आफ्नो निर्णय फेर्दै आएका छन्। २०४८ सालदेखि यता यहाँ संयुक्त जनमोर्चा, कांग्रेस, एमाले, माओवादीदेखि स्वतन्त्र उम्मेदवारसम्मले चुनाव जितिसकेका छन्।
कहिले ८ मतको झिनो अन्तरले हार–जित तय भएको छ भने कहिले पूर्ण रूपमा नयाँ अनुहारले जित हात पारेका छन्। यही कारण हुम्लालाई ‘अनिश्चित तर निर्णायक मतदाता भएको जिल्ला’ भनेर चिनिन्छ।
पछिल्ला निर्वाचनका नतिजा के भन्छन्
२०७४ सालमा स्वतन्त्र उम्मेदवार विजयी हुँदा धेरैलाई अचम्म लागेको थियो। २०७९ मा भने कांग्रेस–माओवादी गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भए। समानुपातिक मततर्फ हेर्दा पनि हुम्लामा कुनै एक दलको दबदबा देखिँदैन।
यसपटकको प्रतिस्पर्धा कस–कसबीच
आगामी निर्वाचनमा
कांग्रेसबाट जयपति रोकाया,
एमालेबाट दल फडेरा,
माओवादी केन्द्रबाट डा। दीपेन्द्र रोकाया,
रास्वपाबाट टासी ल्हाजोम चुनावी मैदानमा छन्।
यसका साथै साना दल र स्वतन्त्र उम्मेदवारहरूले पनि मुख्य दलहरूलाई चुनौती दिइरहेका छन्।
मतदाता के भन्छन्
हुम्लाका धेरै मतदाता “यसपटक काम गर्ने र जिल्लाको समस्या बुझ्ने मान्छेलाई मत दिने” बताउँछन्। सडक, स्वास्थ्य, शिक्षा र रोजगारी मुख्य मुद्दा बनेका छन्।
४८ वर्षदेखि मत परिवर्तन गर्दै आएको हुम्लाले यसपटक पनि सबैलाई चकित पार्ने निर्णय गर्ला कि परम्परागत दलमै भरोसा जनाउला
उत्तर अब २१ फागुनपछि मात्रै खुल्नेछ।