Logout

चर्चामा

अभौतिक सांस्कृतिक सम्पदा विधेयकको नाम फेर्न सरकारद्वारा समय माग

625 Shares

 

काठमाडौं । अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण विधेयक, २०८१ को नाम परिवर्तन गर्न सरकारलाई थप समय आवश्यक परेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसदीय विधायन व्यवस्थापन समितिसँग विधेयकको शीर्षक टुंग्याउन समय माग गरेको हो।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा विधेयकको नामलाई लिएर सांसदहरूबीच मतैक्य नहुँदा मन्त्रालयले समय माग गरेको जनाएको छ। सांसदहरूले विधेयकको शीर्षकमा प्रयोग गरिएको ‘अभौतिक’ शब्दको सट्टा ‘अमूर्त’ शब्द प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्।

सांसदहरूको भनाइमा नेपाली भाषा, कला र संस्कृतिको मर्म झल्किने शब्द कानुनमा समावेश हुनुपर्छ। बैठकमा बोल्दै नेकपा सांसद मदनकुमारी साहले ‘अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयक’ जस्तो शीर्षक बढी उपयुक्त हुने बताइन्। उनका अनुसार हालको नाम लामो र परम्परागत देखिएकाले संशोधन आवश्यक छ।

समिति सभापति तुलसाकुमारी दाहालले नामको विषयमा सरकारबाट थप समय माग भएकाले दफावार छलफललाई निरन्तरता दिइएको जानकारी दिइन्।

त्यस्तै, बैठकमा सहभागी सांसदहरूले स्थानीय तहलाई सांस्कृतिक सम्पदाको सूचीकरणको जिम्मेवारी मात्र दिँदा पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि बजेटको सुनिश्चितता आवश्यक रहेको धारणा राखेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार