Logout

चर्चामा

तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुने प्रधानमन्त्री कार्कीको दाबी

853 Shares

 

काठमाडौं, २२ माघ — प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा र एकै चरणमा निर्वाचन हुने स्पष्ट गर्दै यसबारे कुनै शंका नगर्न सबैलाई आग्रह गरेकी छन्।

बिहीबार जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको मतपत्र छपाइको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रिया निर्धारित तालिकाअनुसार नै अघि बढिरहेको बताइन्। उनले निर्वाचन दुई चरणमा नहुने र एकै दिन सम्पन्न हुनेमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीका अनुसार निर्वाचनका बेला देशका सबै भौगोलिक क्षेत्रमा मौसम पनि अनुकूल रहने अपेक्षा गरिएको छ। यसले गर्दा मतदाताहरूले बिना अवरोध आफ्नो मताधिकार प्रयोग गर्न पाउने विश्वास उनले व्यक्त गरिन्।

“ढुक्क र निश्चिन्त रहनुस्, चुनाव एकै दिन हुन्छ। दुई पटक हुनेवाला छैन। तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुन्छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “निर्वाचनपछि निर्वाचित प्रतिनिधिसभालाई जिम्मेवारी हस्तान्तरण गरेर सरकार आफ्नो बाटो लाग्छ।”

उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगले खेलेको भूमिकाको प्रशंसा गर्दै आयोगलाई धन्यवाद समेत दिइन्।

सरकार र सम्बन्धित निकायहरूको सहकार्यमा निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न हुने प्रधानमन्त्रीको विश्वास छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार