Logout

चर्चामा

कर्णालीमा बेइमान गरेर माधव नेपालले अक्षम्य अपराध गरे : ओली

1.6k Shares

काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशमा फ्लोर क्रस गराएर नेता माधवकुमार नेपालले अक्षम्य अपराध गरेको बताएका छन् ।

सोमबार केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले कर्णालीमा बेइमानी गरेको आरोप पनि लगाए । गत शुक्रबार कर्णाली प्रदेशमा भएको मतदानमा नेपाल समूहका चार सांसदले फ्लोर क्रस गर्दै माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत हालेका थिए ।

फ्लोर क्रस गर्ने चार सांसदलाई एमालेले कारबाही गरिसकेको छ । अहिले केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार