Logout

चर्चामा

सुदूरपश्चिम सरकारलाई नेकपाको १२ बुँदे चुनौती

516 Shares

 

धनगढी, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले सुदूरपश्चिम प्रदेश सरकारलाई जवाफदेही बन्न आग्रह गर्दै १२ बुँदे प्रश्नावली सार्वजनिक गरेको छ। माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीहरूको गठबन्धनले बनेको प्रदेश संसदीय दलले सोमबार पत्रकार सम्मेलनमार्फत सरकारको कामकाजमाथि गम्भीर प्रश्न उठाएको हो।

संसदीय दलका नेता खगराज भट्टका अनुसार, कांग्रेस–एमाले गठबन्धन सरकार असफल भएको छ र एक हप्ताभित्र मागहरूको लिखित जवाफ नआए मुख्यमन्त्रीको राजीनामा माग गर्दै सडक र सदन दुबै मोर्चाबाट आन्दोलन गर्ने चेतावनी दिएका छन्।

भट्टले सरकारलाई भ्रष्टाचार, ढिलासुस्ती, भागबण्डा र बेथितिमा डुबेको आरोप लगाउँदै भने, “सरकार विकास, सुशासन र जनउत्तरदायित्वमा पूर्ण असफल भएको छ। यस्तो नेतृत्वले प्रदेशलाई अझ पछाडि धकेलिरहेको छ।”

नेकपाले सरकारमाथि उठाएका मुख्य आरोपहरूमा प्रशासनिक सुधारमा असफलता, आवश्यक कानुन निर्माण नगर्नु, बजेट कार्यान्वयन कमजोर हुनु, अस्पतालमा नियुक्ति ढिलाइ, नीति आयोगमा भागबण्डा, अपारदर्शी लगानी खर्च, सर्वोच्च अदालतका आदेश कार्यान्वयनमा ढिलाइ, अस्थायी कार्यालयबाट मनमौजी खर्च, र समग्र सुशासन अभाव रहेका छन्।

साथै, बैतडी बस दुर्घटनाको प्रभावकारी छानबिन नगर्नु र विपद् व्यवस्थापनमा कमजोर देखिनु सरकारको कमजोरीको उदाहरणका रूपमा उल्लेख गरिएको छ।

नेकपाले मागेका १२ बुँदा यस प्रकार छन्स्

प्रदेश राजधानी कार्यान्वयनमा असफलता

आवश्यक कानुन निर्माणमा असफल

बजेट कार्यान्वयन कमजोर

मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयसम्म व्यापक बेथिति

अस्पतालमा नियुक्ति ढिलाइ, सरकार भागबण्डामा केन्द्रित

संगठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनएम० नगर्नु

नीति आयोगमा चरम बेथिति र राज्यकोष दुरुपयोग

लगानी सम्मेलनको नाममा अपारदर्शी खर्च

सर्वोच्च अदालतका आदेश कार्यान्वयनमा ढिलाइ

अस्थायी कार्यालय खोलि मनमौजी खर्च, आसेपासेलाई लाभ

ऐन नबनाई गठन आदेशलाई प्राथमिकता

समग्र रूपमा सुशासन, पारदर्शिता र जवाफदेहिताको अभाव

नेकपाले यस एक हप्ताभित्र लिखित र सन्तोषजनक जवाफ नपाए मुख्यमन्त्री र मन्त्रीहरूले नैतिकताका आधारमा पद त्याग गर्नुपर्ने चेतावनी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार