Logout

चर्चामा

निर्वाचनमा चन्दा लिन नपाइने ७ प्रकारका संस्था र व्यक्ति सार्वजनिक

485 Shares

 

काठमाडौं, २९ माघ – निर्वाचन खर्चका लागि राजनीतिक दल र उम्मेदवारले आर्थिक सहयोग ९चन्दा० उठाउँदै गर्दा निर्वाचन आयोगले स्पष्ट निर्देशन जारी गरेको छ। आयोगका अनुसार, यी ७ प्रकारका संस्था वा व्यक्तिबाट चन्दा लिन पूर्णरूपमा निषेध छ।

१। नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्वमा रहेको संस्था
२। सर्वसाधारणको सेयर रहेको पब्लिक लिमिटेड कम्पनी
३। सरकारी वा सामुदायिक विश्वविद्यालय, क्याम्पस, विद्यालय वा अन्य शैक्षिक संस्था
४। नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको कुनै पनि निकाय वा कार्यालय
५। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था
६। नाम नखुलेको व्यक्ति वा संस्था
७। विदेशी सरकार, संस्था वा व्यक्ति

निर्वाचन आचारसंहिता अनुसार, उम्मेदवारले २५ हजार रूपैयाँभन्दा बढी चन्दा बैंक वा वित्तीय संस्थामा जम्मा गर्नुपर्नेछ। नगद चन्दा पाएमा रसिदरभरपाई गरी बैंक खातामा राख्नु अनिवार्य छ। साथै, निर्वाचन खर्चको विवरण सार्वजनिक गरी आयोगमा पेश गर्नुपर्ने व्यवस्था छ।

आयोगले सबै उम्मेदवार र राजनीतिक दललाई पारदर्शिता कायम राख्न र अवैध चन्दा नलिन निर्देशन दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार