Logout

चर्चामा

प्रधानमन्त्री ओलीद्धारा विद्यालयको भवन उद्घाटन

775 Shares

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकामा रहेको पाटन माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ । 

२०७२ को भूकम्पपछि क्षतिग्रस्त बनेको पाटन माध्यमिक विद्यालयको नवनिर्मित भवन प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो । यो भवन जापान सरकारको ऋण सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले निर्माण गरेको हो ।

भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाटन माध्यमिक विद्यालय नेपालको इतिहास र व्यवस्थासँग जोडिएको बताउनुभयो । विद्यालयले एक शताब्दीलाई अर्को शताब्दीसँग जोडेको पनि उहाँले बताउनुभयो । 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपालका ८० प्रतिशत बालबालिका सामुदायिक विद्यालयमा पढ्ने गरेको भए पनि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको बताउनुभयो । उहाँले पाटन माध्यमिक विद्यालयले आउँदा दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । 

मेयर महर्जनले गुणस्तरीय शिक्षा प्रदान गर्ने सन्दर्भमा महानगरपालिकाले आवश्यक सहयोग गर्नेसमेत बताउनुभयो ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार