Logout

चर्चामा

त्रिदेशीय सिरिज : नेपाल र नेदरल्याण्ड्स खेल्दै

571 Shares

काठमाडौं । त्रिदेशीय ट्वान्टी ट्वान्टी क्रिकेट श्रृङ्खलामा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।

खेल दिउँसो सवा १ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । लगातार दोस्रो खेलमा शानदार जित निकालेको नेपाल आज पनि नेदरल्याण्ड्सलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ ।

पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपालले हिजो मलेसियालाई पनि ९ विकेटले नै हराएको थियो।

नेपालले लिग चरणको अन्तिम खेल आउँदो बिहीवार मलेसियासँग खेल्ने छ । प्रतियोगितामा मलेसियाले खेलेका दुवै खेल हारेको छ भने नेदरल्याण्ड्सले दुई खेलमा जित र एक हार ब्यहाेरेकाे छ।

प्रतियोगितामा नेपाल चार अङ्कसहित शीर्ष स्थानमा छ । यसैबीच, आज मैदानमा दर्शकबिना नै खेल हुनेछ ।

सरकारले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा धेरै जम्मा हुन नपाउने निर्णय गरेकाले त्रिदेशीय ट्वान्टी-ट्वान्टी क्रिकेटका खेल दर्शकबिना नै  खेलाइने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार