Logout

चर्चामा

झापा–५ मा आज केपी शर्मा ओलीको चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक हुँदै

513 Shares

 

झापा ।
नेकपा ९एमाले का अध्यक्ष तथा झापा क्षेत्र नं। ५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार केपी शर्मा ओली ले आज आफ्नो चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गर्ने भएका छन्। निर्वाचन प्रचार अभियानलाई थप तीव्रता दिँदै आएका अध्यक्ष ओलीले आज दिउँसो ३ बजे झापाको दमक नगरपालिका–९ स्थित अमरसिंह चोकमा आयोजना हुने विशेष चुनावी सभामार्फत उक्त प्रतिबद्धता–पत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ।

नेकपा ९एमाले०को सशक्त नेतृत्वमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने प्रतिबद्धतासहित सार्वजनिक हुन लागेको यस दस्तावेजमा झापा–५ क्षेत्रको समग्र विकासका दीर्घकालीन योजना, प्राथमिकता प्राप्त आयोजना तथा जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरूको विस्तृत विवरण समेटिएको बताइएको छ।

ओलीको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार प्रतिबद्धता–पत्रमा अध्यक्ष ओली निर्वाचित भएपश्चात झापा–५ क्षेत्रमा कार्यान्वयन गरिने पूर्वाधार विकास, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा औद्योगिक विकाससम्बन्धी योजनाहरूलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको छ।

त्यसका साथै नेपालमा कम्युनिस्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, एमालेको नेतृत्वमा गठन भएका सरकारहरूले हासिल गरेका प्रमुख उपलब्धिहरू, तथा अघिल्ला कार्यकालमा सुरु भई विभिन्न कारणले अपूरा रहन पुगेका विकास योजनाहरूको वर्तमान अवस्था र आगामी कार्ययोजनाबारे समेत प्रतिबद्धता–पत्रमा उल्लेख गरिएको छ।

अमरसिंह चोकमा आयोजना हुने उक्त चुनावी सभामा स्थानीय नेता, कार्यकर्ता, बुद्धिजीवी, युवा, महिला तथा सर्वसाधारण मतदाताहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममार्फत अध्यक्ष ओलीले प्रत्यक्ष रूपमा मतदातासँग संवाद गर्दै आफ्नो भावी कार्यदिशा र विकासको खाका प्रस्तुत गर्नेछन्।

आजकै दिन अध्यक्ष ओलीले दमक नगरपालिका–३ अन्तर्गत दुम्से र टुकुरे क्षेत्रमा घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी दमक–८ को संगम चोक र कृष्ण मन्दिर क्षेत्र हुँदै दमक–१० को सूर्य चोकसम्म पुग्ने गरी चुनावी प्रचारप्रसार तथा जनसम्पर्क कार्यक्रम तय गरिएको निर्वाचन परिचालन समितिले जनाएको छ।

एमालेले झापा–५ लाई पार्टीको ऐतिहासिक आधार क्षेत्रका रूपमा लिँदै आएको छ। यही पृष्ठभूमिमा अध्यक्ष ओली स्वयं उम्मेदवार बनेपछि यहाँको चुनावी माहोल थप उत्साहपूर्ण बन्दै गएको देखिन्छ। स्थानीय मतदाताबीच विकास, स्थायित्व र राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्पष्ट योजना प्रस्तुत गरिएको प्रतिबद्धता–पत्रले निर्वाचनमा सकारात्मक सन्देश दिने एमालेको विश्वास रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार