Logout

चर्चामा

स्वास्थ्य मन्त्रालयद्वारा जेनजी घाइतेको विवरण संकलनमा तीव्रता

557 Shares

 

१० फागुन, काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था ९अस्पताल हरूलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले सबै स्वास्थ्य संस्थालाई घाइतेको विवरण उपचारमा संलग्न रूपमा मन्त्रालयमा उपलब्ध गराउन तत्काल निर्देशन दिइएको जानकारी दिए।

उनका अनुसार, जेनजी आन्दोलनका घाइतेहरूको उपचार र राहत सुनिश्चित गर्न गठित समन्वय समितिले फागुन १५ भित्र सम्पूर्ण घाइतेको विवरण उपलब्ध गराउने निर्णय गरेको छ। यसै निर्णय अनुसार मन्त्रालयले सबै अस्पताल र स्वास्थ्य संस्था मार्फत जानकारी संकलनको प्रक्रिया तीव्र बनाउन निर्देशन दिएको हो।

डा। बुढाथोकीले बताए अनुसार, विवरण संकलन र घाइतेहरूको वर्गीकरणरपुनःवर्गीकरण गर्ने प्रक्रिया फागुन १ देखि १५ भित्र सम्पन्न गर्नुपर्नेछ। प्राप्त विवरणका आधारमा मन्त्रालयले छानबिन गरी फागुन १५ भित्र अन्तिम नामावली सार्वजनिक गर्नेछ।

अहिलेसम्म २०० जना घाइतेको मात्र वर्गीकरण विवरण उपलब्ध भएको छ। डा। बुढाथोकीले भने कि, प्रदर्शनका क्रममा धेरै जना घाइते भए पनि सामान्य घाइते भएकाले केही लाभ नपाएको कारण उनीहरू सम्पर्कमा नआएको हुन सक्ने सम्भावना रहेको छ।

सरकारले जेनजी आन्दोलनका घाइतेहरूको आर्थिक राहतसम्बन्धी निर्णय पनि गरेको छ। अत्यन्त गम्भीर घाइतेलाई मासिक १८ हजार, गम्भीर घाइतेलाई ९ हजार, र मध्यम घाइतेलाई मासिक ४ हजार रुपैयाँ राहत दिने व्यवस्था गरिएको छ। मन्त्रालयका तथ्यांक अनुसार, जेनजी प्रदर्शनका क्रममा कुल २,५९९ जना घाइते भएका थिए।

यस निर्देशनसँगै सबै अस्पताल र स्वास्थ्य संस्था तत्काल घाइतेहरूको विवरण मन्त्रालयमा उपलब्ध गराउने काममा लागेका छन्। यसले जेनजी आन्दोलनका घाइतेहरूको राहत र पुनर्स्थापना प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउने विश्वास व्यक्त गरिएको छ।

यस कार्यको सफल कार्यान्वयनले घाइतेहरूको वर्गीकरण, उपचार, र आर्थिक राहत सुनिश्चित गर्नुका साथै भविष्यमा यस्ता आन्दोलनका क्रममा हुने आकस्मिक स्वास्थ्य समस्या व्यवस्थापनका लागि पनि स्वास्थ्य मन्त्रालयलाई मार्गदर्शन गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार