Logout

चर्चामा

तरुण दलका नुवाकोट जिल्ला उपाध्यक्ष सन्तोष गुरुङसहित युवाहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश

1k Shares

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका नुवाकोट जिल्ला उपाध्यक्ष, शिवपुरी गाउँपालिकाका सन्तोष गुरुङसहितका रमेश गुरुङ, रुपेश तामाङ, विवेक गुरुङ र साजन गुरुङले एमालेमा प्रवेश गरेका छन्।

उनीहरूले एमालेको नीति, विचार, सिद्धान्त तथा राष्ट्रवादी अडानप्रति आकर्षित भई युवा उम्मेदवार बद्री मैनालीको स्पष्ट विकास भिजन र मिलनसार कार्यशैली मन पराएर पार्टी प्रवेश गरेको बताएका छन्।

नवप्रवेशीहरूलाई नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले औपचारिक रूपमा स्वागत गर्दै खादा र अबिर लगाएर सम्मान गर्नुभयो। उहाँले पार्टीभित्र युवाहरूको सक्रिय सहभागिताले विकास र समृद्धिको मार्ग अझ सुदृढ हुने बताए।

643352026_886381727605160_3420226493716154349_n.jpg

643324065_886381717605161_4030714264675757234_n.jpg

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार