Logout

चर्चामा

त्रिदेशीय सिरिज: आज नेपाल र मलेसिया भिड्दै, वर्षाको डर

464 Shares

काठमाडौं ।  नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजमा आज घरेलु टोली नेपालले मलेसियासँग खेल्दै छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सवा १ बजे खेल सुरु हुनेछ।

जारी प्रतियोगितामा २ जित र १ पराजय ब्यहोरेको नेपालले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने दुई पराजय ब्यहोरेको मलेसियाको अघिल्लो म्याच टाइ भएको थियो। मलेसिया फाइनलको होडबाट बाहिरिसकेको छ।

नेपालले आजको खेलमा जित निकाले शीर्षस्थानमा रहँदै फाइनलमा पुग्ने छ भने पराजित भए दोस्रो हुँदै फाइनलको यात्रा तय गर्नेछ। यसअघिको खेलमा नेपालले मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले हराएको थियो।

जारी सिरिजमा ४ खेल खेलेको नेदरल्याण्ड्स २ जित, १ हार र १ बराबरी खेल्दै ५ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै ३ खेलमा २ जित र १ हार ब्यहोरेको नेपाल ४ अंक जोडेर दोस्रो स्थानमा छ।

त्यस्तै ३  खेल खेलेको मलेसियाले २ वटामा हार र एउटामा अंक बाँड्दै १ अंक जोडेर तालिकाको पुछारमा छ। 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार