1.1k
Shares
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आईजीपी कार्कीको नेतृत्वमा बैठक बस्न लागेको प्रहरी उच्च स्रोतले जनाएको छ । बैठक दिउँसो २ बजेका लागि तय गरिएको छ ।
प्रहरीका नीतिगत निर्णय तथा महत्त्वपूर्ण विषयमा छलफल गर्न पीसीसी बैठक बस्ने गर्छ । बैठकमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीहरू सहभागी हुनेछन् ।
यद्यपि, यसपटक बैठकमा कुन विषयलाई मुख्य एजेन्डा बनाएर छलफल गर्न लागिएको हो भन्नेबारे स्पष्ट भइसकेको छैन ।