Logout

चर्चामा

नवलपुरमा जीप दुर्घटना :एक जनाको ज्यान गयो, १६ जना घाइते

695 Shares

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको बुलिङटारमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।  

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक दिलिप कुमारी गिरीले नवलपुरको दलदलेबाट पाल्पाको रामपुर जाँदै गरेको  लु १ ज ३७१० नम्बरको जीप बुलिङटार गाउँपालिका-६, अत्रौलीमा  दुर्घटना भएको जानकारी दिए ।   

दुर्घटनामा परि पाल्पा रामपुर –४ बस्ने २३ वर्षीय अजय विकको घटनास्थलमा नै ज्यान गएको उपरीक्षक गिरीले बताए । घाइतेमध्ये ५ जनाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा र ११ जनाको डेढगाउँमा रहेको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये भरतपुरमा उपचाररत बौदिकाली गाउँपालिका घर भएका मोहन लामिछाने र खिमबहादुर मास्केको अवस्था गम्भीर रहेको गिरीले बताए ।

जीपमा १७ जना रहेका थिए । जीपका चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।  ब्रेक फेल भएर जीप सडकबाट ५० मिटर तल खसेको गिरीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार