Logout

चर्चामा

तरकारी तथा फलफूलको मूल्य अकासियो

423 Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य बढेको जनाएको छ । तरकारीको मूल्य करिब ६९ प्रतिशतले बढेको छ भने फलफूलको मूल्य ४१ प्रतिशतसम्म बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारी लगायत फलफूलको मूल्य थोक मूल्यमै बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार नेपाली तरकारी तथा फलफूल उत्पादनमा कमी हुँदा समस्या भएको हो ।

तरकारी तथा फलफूलको मूल्य होलसेलमा बृद्धि हुँदा खुद्रामा पनि मूल्य बढेको छ । प्रतिकिलो ८०÷९० रुपियाँभन्दा कममा तरकारी पाउन मुश्किल रहेको उहाँको भनाइ छ । प्रत्येक खुद्रा पसलमा तरकारी तथा फलफूलको मूल्य फरक रहेको श्रेष्ठको भनाइ छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार