Logout

चर्चामा

एमालेभित्रकै केही नेताले पार्टी र कम्युनिष्टलाई कमजोर पार्ने काम गरेको मुख्यमन्त्री राईको आरोप

487 Shares

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले एमालेभित्रकै केही नेताले पार्टी र कम्युनिष्टलाई कमजोर पार्ने काम गरेको आरोप लगाएका छन् । भोजपुर काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले एमालेलाई कमजोर पार्न र नेपालको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न पार्टीकै केही नेताहरु लागेको आरोप लगाएका हुन ।

उनले बहुमतको केन्द्रीय सरकार र प्रदेशका सरकारलाई समेत पार्टीभित्रकै नेताहरुले गिराउने प्रयास गरेको तर्क गरे । राईले पार्टीको विधि विधान विपरित कसैले पनि काम गर्न नसक्ने भन्दै पार्टी विपरित कार्य गरेकाले स्पष्टीकरण सोध्न बाध्य भएको बताए  । सर्वोच्चको आदेशपछि माओवादी र एमाले पूर्ववत् अवस्थामा फर्किएकाले एमालेलाई मजबुद बनाउदै अघि बढ्नुको विकल्प नभएको उनको भनाइ छ ।

त्यस्तै मुख्यमन्त्री राईले वर्तमान केपी ओली नेतृत्वको सरकार मुलुकको समृद्धि र बिकासको सहि ट्र्याकमा हिडेको जिकिर गरे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार