काठमाडौँ । नेकपा एमालेको माधव नेपाल– झलनाथ खनाल समूहले भक्तपुरमा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ। सो समूहको भेलाले नेता रञ्जन केसीको अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो।
कमिटीको उपाध्यक्षमा प्रेमानन्द श्रेष्ठ र पुरुषोत्तम लामिछाने चयन भएका छन् भने सचिवको जिम्मेवारी श्याम बस्नेतलाई दिइएको छ। कमिटीको उपसचिवमा राजेन्द्र श्रेष्ठ (राजु), सदस्यहरुमा विनोद केसी, ज्ञानेन्द्र थापा, दिलिप केसी, आर एम विशुंके, दिपक विशुंके, विष्णु श्रेष्ठ, नारायणबहादुर नायवा, सुजन न्यौपाने, विष्णु कायस्थ, बासुदेव खड्का, रामेश्वर ढुंगेल (चट्टान), सरस्वती घिमिरे। कमल न्यौपाने, ध्रुव न्यौपाने, के पी अर्याल, निरव थापा, विकास कार्की, उत्तम परियार, रिता अवाल, रामगोपाल चगुठी र झपड भण्डारी छन्।
त्यसैगरी, चन्द्रनारायण श्रेष्ठ, राजभाई जयना, दीपक थापा, खुमानन्द ज्ञवाली, श्याम श्रेष्ठ (एमा श्रेष्ठ), दीपेन्द्रराज खत्री, मोहन पौडेल, केशव खत्री (केसी), विष्णु गुमान्जु, लोककृष्ण दाहाल, शान्ती खड्का, नवराज काफ्ले, निराकार भारती, हेमन्त खड्का, हिमाल पाण्डे, राजेशसिंह देउजा, सर्वज्ञरत्न ब्रजाचार्य, दिक्षा आचार्य, विष्णु सुवेदी, पुण्यरत्न
रञ्जित, अमर पौडेल, बद्री रिसाल, विश्वराम सुवाल, लक्ष्मी प्रसाद श्रेष्ठ, डा। राजेन्द्र कोजू, सुमन केसी, बलराम बोगटी (मिजार) चन्द्रबहादुर तामाङ, लक्ष्मी श्रेष्ठ, न्हुछे प्रजापति, कृष्णप्रसाद भेले, सुशिला श्रेष्ठ, मोहन शाही, दिलकृष्ण प्रजापति, देवराज न्यौपाने, श्याम चौलागाईं, तेजकृष्ण श्रेष्ठ, लालबहादुर रोकाया, सरिता खत्री, संजिव लामिछाने, प्रेम धिताल, माधव ज्ञवाली, दिनेश कार्की, राजन गोसाईं, प्रदिप बस्नेत, राम खत्री, माधव ढकाल र के। मगरलगायत सदस्यमा चयन भएका छन्।
त्यसैगरी, भेलाले सूर्यविनायक नगर इन्चार्जमा दिपक विशुंके, सहइन्चार्जमा दीपेन्द्रराज खत्री, चाँगुनारायण नगर इन्चार्जमा पुरुषोत्तम लामिछाने र सहइन्चार्जमा बासुदेव खड्का, भक्तपुर नगर इन्चार्ज रामगोपाल चगुठी र मध्यपुर थिमि नगर इन्चार्ज प्रेमानन्द श्रेष्ठ, सहइन्चार्जमा राजभाई जयना चयन गरेको छ।
त्यस्तै, संगठन विभाग प्रमुख श्याम बस्नेत, प्रचार विभाग प्रमुख निरव थापा र उपप्रमुख दिनेश कार्की, पार्टी स्कुल विभाग पुरुषोत्तम लामिछाने, आर्थिक विभाग राजेन्द्र श्रेष्ठ (राजु), युवा इन्चार्ज दिपक थापा र सहइन्चार्ज निराकर भारती, विद्यार्थी इन्चार्ज लालबहादुर रोकाया, खेलकुद इन्चार्ज दिलिप केसी, महिला विभाग प्रमुख रिता अवाल र उपप्रमुख सरिता खत्री, सहकारी विभाग देवरत्न न्यौपाने र मुक्ति समाज इन्चार्ज बलराम बोगटी र सहइन्चार्ज उत्तम परियार चयन भएको जिल्ला सचिव श्याम बस्नेतले जानकारी दिए।
अध्यक्ष केपी ओलीले पार्टीमा एकलौटी गरेको भन्दै यो समूहले देशभर समानान्तर कमिटी गठन गर्दै आएको छ।