Logout

चर्चामा

ओलीले बोलाए महाधिवेशन आयोजक समितिको आकश्मिक बैठक

1.8k Shares

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको महाधिवेशन आयोजक समितिको आकश्मिक बैठक बोलाएका छन् ।

एमाले अध्यक्ष समेत रहेका ओलीले आइतबार बिहान साढे १० बजेका बालुवाटारमा बस्ने गरि महाधिवेशन आयोजक समितिको बैठक बोलाएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

बैठकको जानकारीसहितको निम्तो गरिएको सन्देश सदस्यहरुलाई शनिबार राति ११ बजेतिर गएको हो ।

नेता माधव कुमार नेपाल पक्षका संघ र प्रदेशका ३२ सांसदलाई ओलीले स्पष्टिकरण सोधेका थिए । त्यसको जवाफ सांसदहरुले गएको बिहीबार बुझाएका थिए । सोही परिवेशमा नेपाल पक्षका नेताहरुको जवाफलाई लिएर बैठक बोलाइएको ती सदस्यले बताएका छन् ।

‘आजको बैठकमा नेपाल पक्षका सांसदहरुको जवाफ र सम्भवतः कारवाहीबारे छलफल केन्द्रित हुनेछ’, ती केन्द्रीय सदस्यले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार