825
Shares
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले चलाइरहेका उद्योग–व्यवसाय आवश्यक मोडालिटी अपनाएर निजीकरण गर्न माग गरेको छ । आगामी बजेट र आर्थिक ऐनबारे सरकारलाई सुझाव दिँदै महासंघले यस्तो माग गरेको हो ।
निर्यात वृद्धि र आयात प्रतिस्थापनको सम्भावना भएका वस्तुको पहिचान सरकार र निजी क्षेत्रको सहकार्यमा हुनुपर्ने भन्दै महासंघले सरकारी उद्योग वा व्यवसायको निजीकरणको माग गरेको हो ।
महासंघले उद्योगका लागि जग्गा खरिद गर्दा जग्गाको हदबन्दी खारेज गर्न समेत माग गरेको छ । स्वेदशी लगानीमा खुलेका उद्योगले पुँजी वृद्धि गरेमा आयकर छूट गर्न समेत महासंघले आग्रह गरेको छ । महासंघले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आइतबार सुझाव तथा माग बुझाएको छ ।