Logout

चर्चामा

गण्डकीमा सत्ता सहकार्यबारे लिखित सहमति गर्न जसपाको माग

913 Shares

काठमाडौँ । गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको जनता समाजवादी पार्टीले नयाँ सत्ता गठबन्धनबारे लिखित सहमित गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग माग गरेको छ ।

सोमबार प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुुब्बा गुरुङविरुद्ध तीन दलले दर्ता गराएको अविश्वास प्रस्ताव टेबुल भएको छ । जनता समाजवादी पार्टीले अविश्वासको प्रस्तावको पक्षमा मत दिने तर ४ वटा विषयमा लिखित सहमति नभए सरकारमा नजाने निर्णय गरेको छ ।

जसपाका गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरुङको संयोजकत्वमा सांसद हरिशरण आचार्य र धनमाया पोखरेल लामा, नेताहरु डिबी नेपाली र मोती रिजाल सदस्य रहेको वार्ता टोलीले नयाँ सरकार निर्माणमा लागेका कांग्रेस र माओवादी केन्द्रसँग लिखित सहमति गर्नुपर्ने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार