Logout

चर्चामा

प्रधानमन्त्री ओली र उहाँका गुटका मानिसलाई सरकारी निर्णय लाग्दैन ?  नेता रावल

895 Shares

काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले प्रधानमन्त्री ओली र उहाँका गुटका मानिसलाई सरकारी निर्णय लाग्दैन भन्ने प्रश्न गर्नुभएको छ ।

सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै रावलले कोरोनाबाट जोखिम अरुलाई भेला बैठक, समारोह नगर्न आग्रह गर्ने प्रधानमन्त्री र उहाँका निकटस्थहरू नै भेला, बैठक र समारोह गरिरहने भन्दै प्रश्न उठाउनुभएको छ ।

उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘प्रधानमन्त्री ओली गुटलाई सरकारी निर्णय लाग्दैन र ? कि उहाँको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो रु कानूनका सामु सबै बराबर होइन र ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार