Logout

चर्चामा

कोरोना रोकथाम गर्न प्रधानमन्त्री ओलीलाई गगन थापाको ध्यानाकर्षण 

466 Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना संक्रमण रोकथाम, न्युनिकरण तथा व्यवस्थापनमा जुट्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका छन्।

सोमबार सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै सांसदसमेत रहेका पूर्वस्वास्थ्य मन्त्री थापाले तीव्र रूपमा कोरोना बढिरहेकोले यसले भयावह स्थितिको संकेत गरेको उल्लेख गरेका छन्।

संसद अधिवेशन चालु नरहेकोले आफूले सामाजिक सञ्जाल मार्फत् नै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको थापा बताउँछन्।

‘तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले भयावह अवस्थाको संकेत गरेको छ। यो बेला कोरोना संक्रमणको रोकथाम, न्यूनिकरण र व्यवस्थापन गरेर जनजीवन जोगाउनेबाहेक सरकारको अर्को प्राथमिकता हुन सक्दैन,’ थापाले भनेका छन्, ‘संसद चालु नभएकोले यसैमार्फत् प्रधानमन्त्रीज्यूको ध्यानाकर्षणको प्रयास गरेको छु।’

उनले पटकपटक संसदमा कोरोना रोकथामलगायत विषयमा छलफल गर्न खोजे पनि प्रसंसद विघटन लगायतले अन्यत्र ध्यान मोडिएको उनले बताएका छन्।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार