Logout

चर्चामा

पछिल्लो २४ घण्टामा वीरगञ्जमा पाँचजना कोरोना संक्रमितको मृत्यु

724 Shares

वीरगञ्ज । वीरगञ्जमा पछिल्लो २४ घण्टामा पाँचजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । दुईजनाको मंगलबार बिहान तथा तीनजनाको सोमबार ज्यान गएको चिकित्सकले जानकारी दिएका छन् ।

मंगलबार बिहान नारायणी अस्पतालमा उपचाररत बाराको जितपुर सिमरा उपमहानगरपालिका–६ की ४० वर्षे महिलाको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

वैशाख ९ गते नै कोरोना पुष्टि भई अस्पतालमा भर्ना भएकी ती महिलाको बिहान १ बजेर २४ मिनेटमा मृत्यु भएको हो । यस्तै वीरगञ्ज महानगरपालिका–२५ र्सिसिया टोलकी ६५ वर्षीया महिलाको पनि मंगलबार बिहान ३ बजे मृत्यु भएको छ ।

एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भएकी ती महिला सोमबार उपचारका लागि नारायणी अस्पतालमा भर्ना भएकी थिइन् । यसैगरि सोमबार बेलुका ६ बजे पर्साको बहुदरमाइ नगरपालिका–७ की ४५ वर्षे कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।

वीरगञ्जको गण्डक अस्पतालमा भर्ना भएकी कोरोना संक्रमित वीरगञ्ज महानगरपालिका–८ की ३८ वर्षीया महिलाको उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन बिनय श्रीवास्तवले बताए । ती महलिा सोमबार बिहान अस्पताल भर्ना भएकी थिइन् ।

त्यसअघि सोमबार बिहान नारायणी अस्पतालमा वीरगञ्ज महानगरपालिका–६ आदर्शनगरका ६० वर्षीय पुरुषको मृत्यु भएको थियो । ती पुरुषको सोमबार बिहान साढे ९ बजे नारायणी अस्पतालमा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार