Logout

चर्चामा

प्रधानमन्त्री आइसोलेसनमा हुनु हुन्न : विष्णु रिमाल

1k Shares

काठमाडौं । बालुवाटार बैठकमा सहभागी नेताहरुमा कोरोना संक्रमण देखिएपछि नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका छन् । तर, आइसोलेसनमा नरहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । “प्रधानमन्त्री आइसोलेसनमा हुनु हुन्न,“ उनले भने ।

गएको आइतबार बालुवाटरमा बसेको एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी बैठकका केही सदस्यहरुलाई कोरोना संक्रमण भएको छ । ऊर्जामन्त्री समेत रहेका टोपबहादुर रायमाझीसहित नेताहरु खिमलाल भट्टराई, विष्णु रिजाल, माधव ढुंगेलमा संक्रमण पुष्टि भएको छ । सरकारले नै जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै एमालेको बैठक बसेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार