Logout

चर्चामा

अनिश्चितकालका लागि क्रिकेट गतिविधि बन्द

905 Shares

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि नेपाल क्रिकेट संघ (क्यान)ले अनिश्चितकालका लागि क्रिकेट गतिविधि बन्द गरेको छ। 

क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको वर्तमान अवस्थामा सुधार नआएसम्म र अर्को सूचना जारी नभएसम्म संघबाट प्रस्ताव राष्ट्रिय प्रतियोगिता स्थगित गरिएको जानकारी दिएको हो। 

यसअघि नै सरकारले समूहमा खेलिने खेलहरू सञ्चालनमा रोक लगाएको थियो। क्यानले गत साता अघि आयोजना गरेको त्रिकोणात्मक टी २० दर्शकलाई प्रवेश दिइएको थिइएन। 

यता, आईसीसीको प्रावधान अनुसार विभिन्न क्लब, एकेडेमी एवम् संघसंस्थाहरुबाट आयोजना गरिने क्रिकेट प्रतियोगिताहरूको कार्यविधि निर्माण गर्न लागिएको क्यानले जनाएको छ। 

कार्यविधि निर्माण भएर लागु नभएसम्म अन्य क्लब, एकेडेमी एवम् संघसंस्थाहरुले आयोजना गर्ने प्रतियोगिताहरूमा जिल्ला एवम् प्रादेशिक क्रिकेट संघहरुले स्वामित्व एवम् आबद्धता नजनाउन क्यानले आग्रह गरेको छ। 

विज्ञप्ति

khelkut.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार