1.7k
Shares
काठमाडौं । नेपाली सेनाले धौलागिरी हिमालमा दुर्घटनाग्रस्त हेलिकप्टर र दुई मानव अवशेष भेटेको छ।
सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार हिमाल सफाइको अभियानका क्रममा दुर्घटनाग्रस्त हेलिकप्टर र मानव अवशेष भेटिएको हो। पौडेलका अनुसार हिमाल सफाइ अभियान २०२१ को टोलीले बुधबार धौलागिरी आधार शिविरमा दुइृ मानव अवशेष र हेलिकप्टरको भग्नावशेष फेला पारेको हो।
प्रवक्ता पौडेलका अनुसार हेलिकप्टर सन् २००६ मा दुर्घटना भएको एयर डाइनेस्टि हुनसक्ने अनुमान गरिएको छ। मृतकको पहिचान हुन नसकेकाले अनुसन्धान भइरहेको सेनाले जनाएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सफाइ अभियानका दौरान (एनएसीआर) हेलिकप्टरको अवशेष भेटिएको हो।
सेनाले सार्वजनिक गरेको सूचना
