Logout

चर्चामा

प्रधानमन्त्री ओलीले सोधे माधव पक्षका थप ३ जना सांसदलाई  स्पष्टीकरण

2.1k Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थप तीनजना सांसदहरुसँग स्पष्टीकरण सोधेका छन् । 
अध्यक्ष तथा प्रधानमन्त्री ओलीका तर्फबाट एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले तीन सांसदलाई स्पष्टीकरण सोधेका हुन् ।

सांसदहरु समिना हुसेन,  कलिला खातुन, गंगा चौधरीलाई स्पष्टीकरण सोधिएको कार्यालय सचिव तामाङले बताए ।

‘तीन जनालाई सोधिएको स्पष्टीकरणको जवाफ पनि आइसकेको छ । उनीहरुलाई चार दिनअघि स्पष्टिकरण सोधिएको थियो । अहिले उहाँहरुको स्पष्टीकरणको जवाफ अध्ययन भइरहेको छ’, तामाङले भने ।

स्पष्टीकरण सोधेका तीनै जना सांसदलाई पार्टी विधानसँगै अर्को पार्टीमा लाग्नु भएको हो ? भनेर प्रश्न गरिएको छ । 
यसअघि एमालेले नेता माधवकुमार नेपालसहित प्रतिनिधि सभाका २७ र कर्णाली प्रदेशका ५ गरी ३२ सांसदलाई स्पष्टीकरण सोधेको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार