1.9k
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऋषि कट्टेलको पार्टीलाई नेकपा नामको आधिकारिकता दिने सर्वोच्चको फैसला स्वीकार गर्ने बताएका छन्।
आइतबार संसद भवनबाट बाहिरिने क्रममा ओलीले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सर्वोच्चको फैसला स्वीकार गर्ने प्रतिक्रिया दिएका हुन्। उनले आफ्नो आगामी बाटोको मामिलामा फैसला अध्ययनपछि मात्रै निर्णय गर्ने बताए।
सर्वोच्च अदालतबाट संसद पुनःस्थापनाको फैसला भएपछि पहिलो पटक बस्न लागेको संसद बैठकमा सहभागी हुन पुगेका ओली संसद बैठकमा सहभागी नभएरै बाहिरिएका हुन्।
अपराह्न ४ः०० बस्ने भनिएको संसद बैठक अझै सुरु भएको छैन।