1.2k
Shares
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज (शुक्रबार) पनि भेटवार्ता हुने भएको छ । उनीहरूबीच साँझ ६ बजे भेटवार्ता तय भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
“साँझ ६ बजे भेट्ने तय भएको छ । दुवै पक्षका अरू नेता सहभागी हुने नहुने टुंगो लागेको छैन,” नेम्वाङले भने । स्थान तय भइनसकेको एक नेताले बताए ।
आज बस्ने अध्यक्ष ओली र नेता नेपालको बैठकले कार्यदललाई अन्तिमरूप दिने बताइएको छ । दस सदस्यीय कार्यदल गठन हुने बताइएको छ । जसमा ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल रहनेछन् । दुईजनाको नाम टुंगो लाग्न बाँकी रहेको बताइएको छ । नेता नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट रहनेछन् ।