Logout

चर्चामा

संविधान र गणतन्त्र रक्षा गर्न सबै एक होऔँ : कांग्रेस सभापति देउवा

936 Shares

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान र गणतन्त्र रक्षाका लागि सबै पक्ष एकजुट हुन आह्वान गरेका छन् ।

सभापति देउवाले विज्ञप्ति जारी गर्दै सरकारले संसद विगठन गर्दै चुनावको मिति तोकेको विषयमा ध्यान गम्भीर रुपले आकृष्ट भएको जनाएका छन् ।

अहिलेको सरकार गठन भएपछि गैरसंवैधानिक काम मात्रै सरकारले गरेको सभापति देउवाले आरोप लगाएका छन् ।

उनले प्रधानमन्त्रीले विश्वासको मत समेत नलिएको र राष्ट्रपतिले समेत त्यसमा सहयोग गरेको भन्दै राष्ट्रपतिले दिएको छोटो समयभित्रसमेत स्पष्ट बहुमतसहित १४९ जना सांसदको हस्ताक्षर बुझाए पनि नियुक्त नगरेको बताएका छन् ।

उनले भनेका छन्, ‘माननीय सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गरेँ । नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नुभयो । बरु एक पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन् ।’

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्त गर्नु असंवैधानिक र अनैतिक काम भएको सभापति देउवाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ‘नेपालको संविधानको अक्षर र भावना अनुसार माननीय ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैर संवैधानिक दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र होइन अनैतिक पनि हो,’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति

dauba k bigpti.jpg

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार