Logout

चर्चामा

दोहोरीगीत प्रतिष्ठानले कलाकारका लागि निःशुल्क स्वास्थ्य परीक्षण गराउने

1k Shares

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले कलाकारहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागेको छ ।

आफ्नो स्थापना दिवस तथा लोकदोहारी दिवस –०७७ का अवसरमा आगामी फागुन २९ गते हुने एकदिने निःशुल्क स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, आँखा र दाँतसम्बन्धि परीक्षण गरिने प्रतिष्ठानले जनाएको छ ।

‘स्वस्थ जीवनका लागि स्वस्थ संगीत’ नारा दिइएको उक्त कार्यक्रममा रक्तदानसमेत गरिने प्रतिष्ठानले जानकारी दिएको छ ।

स्वास्थ्य परीक्षण कार्यक्रम काठमाडौंको टोखा -७ स्थित धापासीमा रहेको प्रतिष्ठानको कार्यालयमा हुनेछ । सम्बन्धित विशेषज्ञ चिकित्सकहरुद्वारा सम्पूर्ण कलाकारका लागि स्वास्थ्य परीक्षण गरिने प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रम बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने बताइएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार