Logout

चर्चामा

उपप्रधानमन्त्री पोखरेलले लिए नेता उज्जवल थापाको स्वास्थ्य स्थितिबारे जानकारी

1.9k Shares

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले आइतबार मेडिसिटी अस्पतालका चिकित्सकसँग टेलिफोन गरी नेता थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनले थापाकी आमा शान्ता थापालाई पनि टेलिफोन गरी सरकारका तर्फबाट सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको जनाइएको छ ।

पोखरेलले भने - “सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौ” थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । कोरोना संक्रमित भएका थापाको स्वास्थ्यमा समस्या बढेपछि उनलाई ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा थप जटिलता आएपछि उनलाई केही दिन अगाडि ग्रान्डीबाट रिफर गरी मेडिसिटी लगिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार