Logout

चर्चामा

एमाले स्थायी कमिटि बैठक पुनः सर्‍यो, भोलि बिहान बस्ने

986 Shares

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटि बैठक पुनः सरेको छ । आइतबार बस्ने भनिएको बैठक सोमबार बिहान १० बजेका लागि सारिएको थियो ।

तर बैठक फेरि भोलि अर्थात मंगलबारका लागि सरेको हो । बैठक मंगलबार बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ ।

स्पष्टीकरण सोधिएका नेताहरुलाई कारवाही गर्नेसहितको विषयमा छलफल गर्न बैठक बस्ने तयारी छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल हुने जनाइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन रहेको भन्दै हस्ताक्षर गरेका १२ सांसदसँग एमालेले स्पष्टीकरण मागेको थियो ।

घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट, विरोध खतिवडा र नारायण खतिवडालाई स्पष्टीकरण सोधिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार