काठमाडौं । जन्ती बोकेको माइक्रोबस सप्तरीको बोदे बर्साईन नगरपालिकामा मंगलबार बिहान दुर्घटना हुँदा चालकसहित १२ जना घाइते छन।
बोदेबर्साईन नगरपालिका वार्ड नम्बर ८ काचनबाट जन्ती बोकेर गएको विङ्गर बिसनुपुर गाउँपालिका वार्ड नम्बर १ मधेपुराबाट घर फर्किने क्रममा बिसनपुर–बर्साईन सडक खण्डको सगरमाथा डेरी नजिक दुर्घटना भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बिरेन्द्र पासमानले जानकारी दिए।
ना १ ज ८९३८ नम्बर विङ्गर दुर्घटनामा परेर घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेमा बोदे बर्साईन नगरपालिका– ८ काचनका वर्ष ४५ का बच्चालाल दास र वर्ष २९ का देवनारायण दास रहेका छन्।
उनीहरूको रुपनी गाउँपालिका १ स्थित युनिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ। अन्य धाइतेको लाईफ केयर पोलि क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।