काठमाडौँ । नेपालमा ‘नेपाल भेरियन्ट’ फैलिएको हल्ला गतल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय नेपालमा अल्फा बी.१.१.७०, डेल्टा बी.१.६१७.२ र कप्पा (बी.१.६१७.१ भेरियन्ट देखिएको मन्त्रालयका प्रवक्ता डा.. कृष्णप्रसाद पौडेलले बताए ।
हाल यी भेरियन्टमध्ये डेल्टा बी.१.६१७.२ धेरै संक्रमितमा देखिएको उनले बताए । नेपालमा कोरोनाको छुट्टै नयाँ भेरियन्ट फैलिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यममा चर्चा भएपनि सत्यता नभएको डा. पौडेलले जानकारी दिए । ‘
नेपालबाट गएका व्यक्तिमा डेल्टा बी.१.६१७.२ नयाँ भेरियन्ट देखिएको थियो होला,’ उनी भन्छन्, ‘भारतीय भन्न खोजेको होला नयाँ भेरियन्टको नाम डेल्टा राखिएको छ ।’ नेपाल भेरियन्ट भनेर विश्व स्वास्थ्य संगठनले समेत नभनेको हुँदा विश्वास नगर्न उनको आग्रह छ ।
यसैबिच सरकारले कोरोना परीक्षणको दायरालाई अझै विस्तार गरिने बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . कृष्णप्रसाद पौडेलले कोरोना परीक्षणलाई अझैं बढाइने बताए।
अहिले परीक्षण घट्नुमा केही कारण रहेको भन्दै मन्त्रालयको मनसाय परीक्षणलाई घटाउनु नरहेको उनको दाबी छ।
अहिले देशभर कोरोना परीक्षण गर्ने ९० वटा प्रयोगशाला रहेको भन्दै उनले त्यसबाट दैनिक २२ हजार बढीको परीक्षण गर्न सकिने जनाए। तर अहिले २२ हजारभन्दा बढीको परीक्षण गर्न सकिएको छैन।
उनले अहिले परीक्षण घट्नुका केही कारणहरू औल्याएका छन्। जसमा पहिलो पक्का संक्रमण भएर थाहा भएपछि मात्र परीक्षण गर्न जानु र सामान्य लक्षण भएकाहरू परीक्षण गराउन नजानु रहेको पौडेल बताउँछन्।
साथै निषेधाज्ञाले मानिसहरूलाई आवतजावतमा थोरै समस्या हुँदा परीक्षण गराउन जान उत्साहित नभएको उनको बुझाइ छ।