Logout

चर्चामा

सुर्खेतमा नाचगानसहित एमाले पार्टी कार्यालय स्थापना

1.7k Shares

सुर्खेत ।  नेकपा एमाले सुर्खेतले मंगलबारदेखि जिल्ला पार्टी कार्यालय खुलाएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताइदिएपछि नेकपा एमालेले आफ्नो कार्यालय खोलेको हो ।

वीरेन्द्र नगरस्थित पार्टी कार्यालयको प्राङ्गणमा नाचगान गर्दै एमाले समर्थकले ‘केपी ओली जिन्दावाद, एमाले पार्टी जिन्दावाद’ को नारासमेत लगाए ।

पार्टी कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्विरसमेत राखिएको छ । नेकपा एमालेका प्रदेश कमिटी सदस्य ताराप्रसाद देवकोटाले आफ्नो पार्टी एमाले नै भएको र अदालतले पार्टी पुनःस्थापना गरिदिएकाले आफुहरु उत्साहित भएको बताए  । उनले भने, ‘सबैलाई समेटेर एमालेलाई एकताबद्ध बनाउनुबाहेक अरु विकल्प छैन ।’

एमाले जिल्ला कमिटी सचिव मोहन बडुवालले विगतमा भएका सम्पूर्ण गतिविधिलाई यथावत राखी पार्टीलाई एक बनाउन लागिपर्ने प्रतिबद्धता जनाए ।  

सबै नेताहरुसँगको छलफलपछि जिल्लास्थित एमालेका सबै कमिटीको बैठक राख्ने उनले बताए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार