Logout

चर्चामा

पुनर्गठित मन्त्रिपरिषद्‍का मन्त्रीले लिए शपथ

4.9k Shares

काठमाडौं । पुनर्गठित मन्त्रिपरिषद्‍का मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा एक समारोहबीच शपथ खुवाएकी हुन् । 

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह सकारमा सामेल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । पुनर्गठित मन्त्रिपरिषद्‍मा ३ जना उपप्रधानमन्त्रीसहित १२ जना मन्त्री र २ जना राज्यमन्त्री छन् ।  जसपाको ठाकुर समूह वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सामेल भएको हाे । 

सरकारले मन्त्रीको शपथ खुवाउनु अघिसम्म पनि औपचारिक सूचि बाहिर ल्याएको थिएन । 

यस्तो छ पुनर्गठित मन्त्रिपरिषद् 

प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह, सञ्चार, पर्यटन, उद्योग वाणिज्य, कृषि, र सामान्य प्रशासन मन्त्रालय 

विष्णु पौडेल : उपप्रधान तथा अर्थमन्त्री

राजेन्द्र महतो : उपप्रधान तथा शहरी विकास मन्त्री

रघुवीर महासेठ : उपप्रधान तथा परराष्ट्रमन्त्री

लीलानाथ श्रेष्ठ :  कानून न्याय तथा संसदीय मामिलामन्त्री

बसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री 

शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री

कृष्णगोपाल श्रेष्ठ : शिक्षामन्त्री 

लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था मन्त्री 

शरतसिंह भण्डारी : ऊर्जा मन्त्री 

अनिल झा : खानेपानी तथा सरसफाई मन्त्री 

विमल श्रीवास्तव : श्रम तथा रोजगार मन्त्री 

उमाशंकर अरगरिया : वन तथा वातावरण मन्त्री 

चन्दा चौधरी :  महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री 

एकवाल मियाँ : युवा तथा खेलकुद मन्त्री 

चन्द्रकान्त चौधरी : ऊर्जा राज्यमन्त्री

रेणुका गुरुङ : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार