Logout

चर्चामा

सुधारको ठोस कार्ययोजना ल्याउन निगमलाई पर्यटनमन्त्रीको निर्देशन

774 Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले नेपाल वायुसेवा निगमलाई गुमेको बजार पुनः प्राप्त गर्नका लागि ठोस कार्ययोजना बनाउन निर्देशन दिएका छन् ।

सोमबार काठमाडौको न्यूरोडस्थित निगमको कार्यालयको अनुगमन गर्दै मन्त्री अरगरियाले सरकारले आशा गरेजस्तो निगमलाई सुधार गर्न ठोस कार्ययोजना ल्याउन निर्देशन दिएका हुन् । साथै, निगमको साखः जोगाउनका लागि योग्य र दक्ष जनशक्ति उचित उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले भविष्यका कार्ययोजनाबारे मन्त्रीसमक्ष जानकारी गराए । पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले निगमले परम्परागत ढंगमा भन्दा पनि नयाँ मोडेल ल्याएर निगमलाई प्रगतितर्फ लैजान सुझाव दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार