Logout

चर्चामा

संगठनात्मक अवस्था अध्ययन गर्न माओवादी केन्द्रले बनायो कार्यदल

1.3k Shares

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पार्टीले संगठनात्मक अवस्था अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

बुधबार बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले चार सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र पम्फा भुसाल गरी चारजना सदस्य छन् ।

कार्यदलले देशभरिकै पार्टी कमिटी, जनवर्गीय संगठनलगायतको अवस्थाबारे विस्तृत अध्ययन गरी आगामी चैत १ गते बस्ने केन्द्रीय समितिको बैठकमा सुझाव पेश गर्ने जनाइएको छ।

माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थनबारे छलफल गरेपनि टुंगो लगाएको छैन ।

यस्तै स्थायी समिति बैठकले माओवादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सचेतकमा देव गुरुङलाई नै कायम राखेको छ ।

एमालेसँग पार्टी एकता हुनुअघि पनि दलको नेतामा प्रचण्ड र प्रमुख सचेतक गुरुङ नै थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार