Logout

चर्चामा

देशका १३ जिल्लामा बाढी र पहिरो: ५ जनाको मृत्यु, १९ जना बेपत्ता

868 Shares

काठमाडौं । अबिरल बर्षाका कारण देशका १३ जिल्लामा बाढी र पहिरोबाट ५ जनाको ज्यान गएको छ । मंगलबार रातिदेखि परेकोअविरल वर्षाले १९ जना बेपत्ता छन् । सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक जनाको मृत्यु भएको हो ।

विभिन्न जिल्लाबाट बुधबार साढे ६ बजेसम्म प्राप्त विवरण अनुसार हालसम्म ११ जना घाइते छन् भने ८९ घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र मनाङमा भएको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । ठाउँठाउँमा पनि सडक पनि अवरुद्ध भएका छन् ।

मनसुनको सुरुवातमै ठूलो क्षति भएपछि गृह मन्त्रालयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको आकस्मिक बैठक बसेको छ ।

बुधबारै प्रधानमन्त्रीको अध्यक्षतामा हुने विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक पनि बसेको छ । गृह मन्त्रालयमा बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको छ।

साथै विपद् व्यवस्थापन स्वयंसेवक ब्यूरो गठन तथा परिचालन कार्यविधि, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि, गैरसरकारी संस्था परिचालन सम्वन्धी कार्यविधि र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुननिर्माण सम्वन्धी कार्यविधि बुधबार पारित भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार