Logout

चर्चामा

हेलम्बुमा क्षतिको विवरण सार्वजनिक: भारतीय र चिनियाँसहित २३ जना अझै बेपत्ता, सुरक्षित रहन आग्रह

1.5k Shares

काठमाडौँ ।  असार १ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको पहिरो र त्यसपछि आएको बाढीमा परी हालसम्म २३ जना वेपत्ता रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले शनिबार विज्ञप्ति निकालेर चार महिलासहित २३ जना बेपत्ता भएका हुन्। त्यसमध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक छन्। गाउँपालिकाका अनुसार बाढीमा परी वेपत्ता हुनेहरुको संख्या अझ बढ्ने अनुमान गरिएको छ ।

यसैबीच गाउँपालिकाले पहिरो र बाढी आउने सम्भावना कायमै रहेको भन्दै सतर्क हुन अपिल गरेको छ। हेलम्बु-१ स्थित सेमेसिदाङ हिमालमुनी रहेको भेमाथाङ्ग चौरमा पहिरो खसेपछि मेलम्ची थुनिएको र त्यसले गर्दा मेलम्चीमा बाढी आएको जानकारी विपद् विज्ञ डा. रविनराज निरौलाबाट प्राप्त भएको गाउँपालिकाले जनाएको छ।

सो ठाउँमा पहिरो खसेर फेरि मेलम्ची थुनिन सक्ने र मेलम्ची, हेलम्बु लगायतका क्षेत्रमा फेरि ठूलो बाढी आउने सम्भावना रहेकाले सतर्क हुन गाउँपालिकाले अपिल गरेको हो।

‘हाल २५ प्रतिशत मात्रै पहिरो गएको र बाँकी ७५ प्रतिशतमध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने एकिन नभएकाले थप बाढी जान सक्ने हुँदा सबै सरोकारवालाहरुले उच्च सावधानी अपनाउन समेत जानकारी गरिन्छ'- विज्ञप्तिमा लेखिएको छ ।

गत मंगलबार मेलम्चीमा आएको बाढीले हेलम्बु र मेलम्चीमा ठूलो क्षति पुर्‍याएको छ।

हेर्नुहोस् बेपत्ता हुनेको सूची

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार