तपाई शारीरिक र मानसिक रुपबाट स्वस्थ हुनुहुन्छ भने तपाई एउटा सुखी जीवन बाचिरहनु भएको छ ।
अहिलेको समयमा मानिसहरु कोही शारीरिक रुप वा कोही मानसिक रुपबाट पिडित छन् । यस्तो स्थितिबाट बाहिर आउन एउटा मात्र उपाय हो योग । योग एक प्राचिन जीवन पद्दति हो । जसमा शरीर, मन र आत्मा एक साथ आउँछ । योग संस्कृत शब्द यूज शब्दले उत्पन्न भएको हो । जसको अर्थ हो जोइने । सरल भाषामा जीवात्मा र परमात्मको मिलन नै योग हो ।

योग केवल व्यायाममात्र नभएर एउटा आध्यात्मिक अभ्यास पनि हो । मानिसको अस्तित्व शारीरिक, मानसिक र आध्यात्मिक हो र योगले यी तीनलाई सन्तुलनमा राख्न मद्दत गर्दछ ।
योग कुनै धर्म नभएर जीवन जीउने एउटा कला हो जसको लक्ष्य स्वस्थ शरीर र स्वस्थ मन हो । योगद्धारा शरीर मन र मस्तिष्कलाई स्वस्थ राख्न सकिन्छ । स्वस्थ रहनका लागि शारीरिक व्यायामका अन्य उपाय भन्दा योग क्यौ गुना फाइदा जनक रहेको अभ्यास र अनुसन्धानले नै देखाएको छ ।
योगका विभिन्न प्रकार छन्ः
१. राज योगः– योगको अन्तिम अवस्था समाधिलाई नै राजयोग भनिन्छ । यसलाई सबै योगको राजा पनि मानिन्छ । राज योगको आठ वटा अङ्ग छ जसको कारण महर्षि पतन्जलिले यसको नाम अष्टाङ्ग योग राखेका थिए । यो योग गर्नाले मस्तिष्क र मनको शान्ति मिल्दछ र तनाबबाट मुक्त हुन सकिन्छ । राज योगका आठ प्रकारहरु यम, नियम, आसन, प्रणायम, प्रन्याहार, धारण, ध्यान र समाधि रहेका छन् ।
२. ज्ञान योगः ज्ञान योगलाई बुद्धिको मार्ग भनिन्छ । अधिक चिन्ता गर्ने मानिसलाई यो योग निकै फाइदा जनक छ । यसले दिमागलाई सफा राख्छ भने, शरीर र दिमागको नकारात्मक उर्जालाई पनि मुक्त गर्दछ । यस योगले स्मरण शक्ति पनि बढ्दछ ।
३. कर्म योगः कर्म योगको अर्थ निस्वार्थ क्रिया हो । यस प्रकारको योगको मुख्य उद्देश्य मन र हृदयलाइृ शुद्ध राख्ने हो । नकारात्मक उर्जा र नकारात्मक सोचबाट छुटकारा पाउन सकिन्छ । कुशलतापूर्वक काम गर्नु नै कर्म योग हो ।
४. भक्ति योगः भक्तिको अर्थ दिव्य प्रेम र योगको अर्थ जोड्नु हो । यसले समर्पणको भावलाई जगाउँछ । हर कोहि व्यक्ति कुनै न कुनै इश्वरलाई मानि रहेका हुन्छन् र त्यहि श्रद्धाको भावलाई भक्ति योग भनिन्छ । भक्ति योग गर्नाले मन शान्त हुन्छ ।
५. हठ योगः हठ शब्दको अर्थ ‘ह’ र ‘ठ’ यो दुईबाट भएको हो जसमा ‘ह’ को अर्थ सूर्य र ‘ठ’ को अर्थ चन्द्र हो । शरिरमा सूर्य ९उर्जाका प्रतिक० र चन्द्र ९शीतलताको प्रतिक० को शक्तिको सन्तुलित गर्नलाई गरिने योग हठ योग हो । यसको माध्यमबाट शरिरको धेरै थरि रोगबाट बच्ने क्षमता प्राप्त हुन्छ । हठ योग गर्नाले शारीरिक रुप र मानसिक रुपबाट नि शान्त मिल्छ ।

६. कुन्डलिनी योगः योगको अनुसार मानव शरिरमा सातवटा चक्र हुन्छ र कुन्डलिनी योगबाट नै हरेक चक्र जागृत गर्न सकिन्छ । कुन्डलिनी योगबाट सहि दंगले शारीरिक, मानसिक र आध्यात्मिक विकास एक साथ हुन्छ ।
कुनै पनि व्यक्तिलाई सुखी एवं स्वस्थ राख्नलाई योगले निकै महत्वपूर्ण भूमिका निर्वाहगर्छ । युवा होस् वा वृद्ध सबैको जिवनमा योग सम्मान रुपले लाभदायिक छ । नियमित योग गर्नाले धेरै फाइदा हुन्छ । त्यसैले आज विश्वभरका लगभग २ अर्बले योगलाई खास महत्व दिइरहेका छन् ।