Logout

चर्चामा

मेयर कप क्रिकेटमा पारस खड्काकाे शतक

1.1k Shares

काठमाडौं ।  मेयर कप एकदिवसीय क्रिकेटमा वाग्मती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई दुई सय ६७ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वाग्मती ४९ ओभर चार बलमा अलआउट हुँदै दुई सय ६६ रन बनायो ।

वाग्मतीका लागि पारस खड्काले एक सय १९ रन बनाए । एक सय ३३ बलको सामना गरेका पारसले ११ चौका र दुई छक्का प्रहार गरे ।

त्यस्तै नन्दन यादव २५ बलमा ४२ रन बनाउँदै अविजित रहे । वाग्मतीलाई एपीएफले २१ रन अतिरिक्त दिएको हो । एपीएफका सोमपाल कामीले पाँच विकेट लिए । 

अहिले एपीएफले जवाफी ब्याटिङ गरिरहेको छ ।   

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार