Logout

चर्चामा

ओलीको आक्रोश- ‘अरुलाई पार्टीमा स्वागत छ तर, माधव नेपाललाई छैन’

1.3k Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा आउने चाहनेलाई पार्टीमा स्वागत रहेको तर, वरिष्ठ नेता माधवकुमार नेपाललाई भने नभएको आक्रोश व्यक्त गरेका छन् । सोमबार पार्टी केन्द्रीय कमिटीको बसेको बैठकमा बोल्दै उनले नेता नेपालबाहेक अरु सबैलाई स्वागत रहेको भन्दै आक्राश पोखेका हुन् ।

नेकपा-एमाले-केन्द्रीय-कमिटीको-१०औं-बैठक-२०७८-साउन-४_Photo_Rajan_Kafle3-scaled.jpg

उनले भने, ‘पार्टीमा आउन चाहने साथीहरु आउनुस्, स्वागत छ । तर माधव नेपाललाई यस पार्टीमा स्वागत छैन ।’ अध्यक्ष ओलीले नेता नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार भएको पनि बताएका छन् । अपराध गर्ने, सरकार ढाल्नेलाई कदापि क्षमा नहुने उनको भनाइ छ । आइतबार संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालसहित २२ सांसदले मत दिएका थिए । उनीहरुलाई एमालेले २४ घण्टे स्पष्टीकरण पनि सोधेको छ ।

नेकपा-एमाले-केन्द्रीय-कमिटीको-१०औं-बैठक-२०७८-साउन-४_Photo_Rajan_Kafle2-scaled.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार