Logout

चर्चामा

क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउँछु : पारस खड्का

1.5k Shares

काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै पारसले आफ्नो पहिलो प्राथमिकता क्रिकेट संघमा जाने रहेको बताए । क्रिकेट संघको कुन भूमिका रहने भन्ने कुरा भविष्यमा तय हुने बताउँदै उनले भने, ‘आजबाट मेरो करियर सुरु भएको छ । यो चुनौतिपूर्ण छ ।’ उनले क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर पुर्याउने योजना रहेको पनि सुनाए ।

क्रिकेटको क्षेत्रभन्दा टाढा नरहने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार