काठमाडौं । नेपाली काँग्रेस नेतृ गिरिजा पुत्री सुजाता कोइराला आसन्न महाधिवेशनमा आफू सभापतिमा उम्मेदवारी रहेको बताएकी छन् । खबरवाणीका लागी सन्चारक्रर्मी ओमबन्धु कार्की सँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेकी हुन। उनले बिपि कोइराला र गिरिजा प्रसाद कोइरालाको सपना पुरा गर्न आफु सधै पार्टीमा डटेर लाग्ने उनले बताइन।
नेपाली कांग्रेसको महाधिवेशन भदौको तेस्रो साता गर्ने तयारी रहेको छ। तर कृयाशिल सदस्यता बिबाद नटुङिएका कारण महाधिवेशन सर्ने सम्भावना बढेर गएको छ । महाधिवेशनको समय लम्बिँदै जाँदा सभापतिका आकांक्षीहरू पनि बढ्दै गएका छन् ।
अहिलेसम्म कोइराला परिवार बाटै ३ जनाले सार्बजनिक रुपमा सभापतिको लागी दाबी गरेका छन। कोईरालाले २१औँ शताब्दीमा विश्वका धेरै मुलुकमा महिलाले नेतृत्व लिइसकेको अवस्थामा देशकै पुरानो र लोकतन्त्रवादी दलको नेतृत्वमा महिला आउन जरुरी भइसकेको बताइन् । उनले भनिन्अब दलमा महिलाको भूमिकालाई बढाउनै पर्छ ।
त्यसकै नेतृत्व म लिन अग्रसर भएकी हुँ । मेरो प्राथमिकता महिलालाई राजनीति र पोसेली मेकिङ तहमा पुर्याउनु हुनेछ । सँगसँगै राजनीतिमा युवाको प्रतिनिधित्व बढाउन पनि मेरो उम्मेदवारी रहेको छ । कोइराला परिवारभित्रबाट महामन्त्री शशांक र नेता शेखरले नेतृत्वको दाबी गरिरहेको सन्दर्भमा सोधिएको प्रश्नमा नेतृ सुजाताले परिवारबाट आफूलाई सबैको विश्वास रहने दाबी गरिन् । उनले भनिन्- सवाल नेपाली कांग्रेसको मात्र होइन ।
समग्र मुलुकको हो । यसबीचमा मुलुक समस्याले घेरियो । लोकतन्त्रवादी शक्ति कमजोर हुँदाका बेथिति सबैले देखेकै छौँ । यो अवस्थामा मैले उम्मेदवारी दिने तय गरेकी हुँ । आफ्नो परिवारभित्रका सबैबाट पूर्ण साथ र सहयोग पाउनेमा म विश्वस्त छु । नेतृ कोइरालाले आफूले लोकतन्त्र बलियो बनाउने एजेन्डा पनि प्रस्तुत गरिन् ।
आफू नेतृत्वमा आएमा लोकतन्त्रमा कहिल्यै कसैसँग सम्झौता नगर्ने योजना पनि उनले सुनाइन् । उनले लोकतन्त्र कांग्रेसको फेस भएको बताउँदै नेपाली जनता र कांग्रेस कार्यकर्ताको त्याग र बलिदानलाई कहिल्यै नभुल्नेु बताइन् । वार्ताका क्रममा आफ्नो उम्मेदवारीलाई आगामी स्थानीय, प्रदेश र संसदीय चुनावसँग पनि उनले जोडेकी थिइन् । आगामी चुनावमा कांग्रेसले विगतमा गुमाएको वर्चस्व फिर्ता ल्याउन पनि उम्मेदवारी दिन लागेको तर्क उनले गरिन् ।