Logout

चर्चामा

कांग्रेस, जसपा र माओवादी मिलेर सरकार बन्ने निश्चित भएको गगन थापाको दावी

1.5k Shares

काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेस, जसपा र माओवादी केन्द्र मिलेर सरकार बन्ने निश्चित भएको बताउनुभएको छ । आज नवलपुरमा आयोजित एक कार्यक्रममा उहाँले सरकारको नेतृत्व भने नेपाली कांग्रेसले गर्ने बताउनुभएको हो ।

संयुक्त सरकारको प्रधानमन्त्री भने सभापति देउवा हुने उहाँले स्पष्ट पार्नुभयो । कांग्रेस केन्द्रीय सदस्य थापाले नेपाली कांग्रेसका सभापति देउवालाई संसदीय दलको नेताबाट हटाउन अर्को समूह लागि परेको भन्ने कुरा हल्ला मात्रै भएको उहाँको भनाइ छ ।

रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र शशांक कोइराला मिलेर देउवालाई हटाउन खोजेको कुरा हल्ला मात्रै भएको उहाँले बताउनुभयो । अहिले कांग्रेस पार्टीभित्र प्रधानमन्त्री को हुने भनेर झगडा गर्ने नभई उनले देशलाई ओलीकरणबाट जोगाउने बेला भएको बताउनुभयो । प्रधानमन्त्रीबाट ओलीलाई हटाउन जति ढिला ग¥यो त्यति देशमा संकट गहिरिदै जाने उहाँको भनाइ छ । ओलीले अख्तियार र संवैधानिक अंगहरु ध्वस्त पारेको पनि थापाले आरोप लगाउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार