Logout

चर्चामा

काँग्रेसका जिल्ला सभापतिहरू विशेष महाधिवेशनको पक्षमा उभिए

404 Shares

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका अधिकांश जिल्ला सभापतिहरू १४ औं महाधिवेशन तोकिएको मितिमा हुन नसक्ने हो भने विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा देखिएका छन् ।

भाद्र महिनाभित्र महाधिवेशन नहुने हो भने काँग्रेसको वैधानिकतामाथि संकट रहेको भन्दै वैधानिकताको संकट टार्न विशेष महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालिएको नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।

‘नियमित महाधिवेशन गर्न सकिने सम्भावना कति हो, अधिवेशन गर्न नसक्दा फेरि वैधानिकताको संकट टार्नका लागि पार्टीको १३ औं महाधिवेशनको निर्वाचित महाधिवेशन प्रतिनिधिबाट प्रादेशिक र संघीय तहको विशेष महाधिवेशन गर्ने र त्यो नेतृत्वले छ महिनादेखि एक वर्षभित्रमा वडादेखि केन्द्रसम्मको नियमित कामकारबाही गर्नुभन्दा विकल्प अरु हाम्रो वैधानिकता जोगिने अवस्था छैन’, उनले भने । धेरै सभापतिहरूको निष्कर्ष र धारणा सही रहेको भन्दै नियमित महाधिवेशन हुन सक्छ भने आफूहरु त्यसका लागि लागिपर्ने पनि उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार