Logout

चर्चामा

तीन दिनभित्र संसद् बैठक बोलाउन एमाले संसदीय दलको सरकारसँग माग

1.4k Shares

काठमाडौं । नेकपा एमालेले तीन दिनभित्र संघीय संसद्काे अधिवेशन बाेलाउन सरकारसँग माग गरेकाे छ ।

 नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मंगलबार बसेको एमाले संसदीय दलकाे बैठकले साे माग गरेकाे हाे । बैठकले दल विभाजनसम्बन्धी अध्यादेश अगाडि नबढाउन र तत्काल फिर्ता लिन माग गरेकाे छ ।

एमाले फुटाउने नियतसाथ ल्याइएकाे अध्यादेश अगाडि बढाए सरकारलाई महंगाे पर्ने चेतावनी पनि एमालेले दिएकाे छ । संसद् छलेर अध्यादेश ल्याउने र पार्टी फुटाउन उद्दत सरकारकाे कदम निकृष्ट र अलोकतान्त्रिक भएकाे एमाले संसदीय दलकाे ठहर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार