Logout

चर्चामा

प्रदिप नेपालले भने- माधव नेपालको पार्टीमा गएको छैन, केन्द्रीय सदस्यमा नाम राखेर किर्ते गरे

1.3k Shares

काठमाडौं । नेकपा एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्य राखिएका नेता प्रदिप नेपालले आफू त्यसमा नरहेको बताएका छन् ।

केन्द्रीय सदस्यको सूची सार्वजनिक भए लगत्तै नेता नेपालले आफू एमालेको झगडामा कतै पनि नरहेको भन्दै व्यक्तिगत स्वतन्त्रता कसैको अधिनमा नराख्ने फेसबुकमार्फत जनाएका छन् । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य नेपाल नेकपा र हालको एमालेको विवादमा दुवै पक्षमा खुलेका थिएनन् ।

 नेता नेपालले आफूले एमाले फुटाउन माधव नेपालको पक्षमा हस्ताक्षर नगरेको र पार्टी फुटाउने पक्षमा पनि नरहेको भन्दै नेपाल पक्षले किर्ते जालसाजी गरेको आरोप लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार